इक्यानद्वारा अष्ट्रेलियाको नयाँ भिसा नीतिको स्वागत

Home     News and Events
Posted Date: 2017-04-30

१४ वैशाख, काठमाडौँ । शैक्षिक परामर्श संघ (इक्यान)ले अष्ट्रेलियन सरकारको नयाँ भिसा नीतिको स्वागत गरेको छ । इक्यानले बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गरी नयाँ नीतिले नेपाली विद्यार्थीलाई अझै सहज बनाएको जनाएको छ । पत्रकार सम्मेलनमा इक्यानका अध्यक्ष प्रकाश पाण्डेले नयाँ नीतिबाट नेपाली विद्यार्थीले अझ बढी लाभ लिन सक्ने बताए । उनले नयाँ दिल्ली स्थित अष्ट्रेलियन हाईकमिशनद्वारा मध्य अप्रिल २०१७ मा नेपाल स्थित नेपाल राष्ट्र बैंकको नियन्त्रण र अनुगमनमा रहेका तथा ‘क’ वर्गको इजाजत प्राप्त सबै कमर्सीयल बैंकहरुका बैंकिङ्ग डकुमेन्टहरुलाई मान्यता प्रदान गर्ने निर्णय गरेको भन्दै उक्त निर्णयको पनि स्वागत गरे । उनले यस निर्णयबाट नेपाली विद्यार्थी तथा अभिभावकहरुले थप सुविधा प्राप्त गर्ने साथै बैंकहरुले पनि प्रतिस्पर्धात्मक एवम् गुणस्तरीय सेवाको अवसर प्राप्त गर्ने विश्वास व्यक्त गरे ।
ECAN
प्राप्त अवसर तथा सुविधालाई दिर्घकालसम्म कायम राख्न वास्तविक तथा व्यवसायीक गुणस्तरीय सेवा प्रदान गर्न र प्राप्त गर्न हामी सम्वन्धित बैंक, शैक्षिक परामर्शदाता तथा विद्यार्थी एवम् अभिभावकहरुमा उनले आग्रह गरे । अष्ट्रेलियाको नयाँ नियम बमोजिम देश र शिक्षण संस्थाहरुको वर्गिकरण गर्ने गरिएको छ । विभिन्न देशलाई उनीहरुका नागरिकहरुले भिसाका नियम पालना गरे वा नगरेको आधारमा देशहरुको जोखिम छुट्ट्याई देशहरुको मुल्यांकन तथा वर्गिकरण गर्ने गरेको छ । यसरी मुलुकको जोखिम तह विश्लेषणमा अष्ट्रेलिया जाने संख्याको मात्र नभएर नेपालबाट पर्न गएका आवेदन तथा तिनीहरुको सफतलाको प्रतिशतको पनि नेपाललाई कुन तहमा राख्ने भन्ने विषयमा निर्णायक भुमिका हुने गर्दछ । जोखिम कम भएका मुलुकलाई एएल–१ जोखिम मध्यम भएका मुलुकलाई एएल–२ र जोखिम अधिक रहेका मुलुक एएल–३ कायम गरिएकोे छ । उक्त नयाँ निति लागु गर्दा नेपाल एएल–२ मा रहेको थियो भने २०१७ मार्च ३० तारिखको पुनर्मुल्यांकन पश्चात पनि एएल–२ मै कायम रहन सफल भएको छ । यस सन्दर्भको शुक्ष्म विश्लेषण गर्दा अन्य दक्षिण एशियाली मुलुकहरुको तुलनामा नेपाली विद्यार्थीहरुलाई भिसा प्राप्त गर्ने विषय सहज पनि भएको छ ।

Source: https://www.aajakonews.com/news/uIFXngb9vJ